मोरङ : मोरङको कानेपोखरी गाउँपालिका ६ मा एक पुरुषले श्रीमती र भाउजूलाई खुकुरी प्रहार गरेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आइतबार राति साढे ९ बजेतिर स्थानीय ३८ वर्षीय आकाश लिम्बूले श्रीमती ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बूलाई खुकुरी प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार घाइते दुवै जनाको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ।
उनीहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आकाशलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।
घरायसी विवादका हुँदा आकाशले श्रीमतीलाई पहिला खुकुरी प्रहार गरेपछि भाउजूलाई समेत प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post