इटहरी : इटहरीमा प्रहरीले सवारी ज्यान मुद्दाका फरार एक युवकलाई पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले इटहरीका एक फरार युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी २ का २१ वर्षीय मन्दीप राई रहेका छन् ।
सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।०८ गतेको सजाय निर्धारण फैसला अनुसार सवारी मुद्दामा २ वर्ष ११ महिना ८ दिन कैद र ६ सय रुपैयाँ जरिवाना भएपनि फरार रहेका राईलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई अदालत उपस्थित गराई कैद तथा जरिवाना भुक्तानको लागि झुम्का कारागार सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post