मोरङ : मोरङको सुनवर्षी नगरपालिका ८ नेपाल चौक छेउबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ छ ।
पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका ५ का २१ वर्षीय विष्णु ऋषिदेव र २० वर्षीय अभिषेक ऋषिदेव रहेका छन् ।
प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले साईकलमा सवार रहेका उनीहरूलाई लागूऔषध नाइट्राजेपाम १० ट्याबलेट, १५ ट्याब्लेट ट्रामाडोल र नियन्त्रित औषधी १५० क्याप्सुलसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post