उदयपुर : उदयपुरको बेलका नगरपालिका १ बाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बेलका नगरपालिका ५ का २४ वर्षीय सुदीप राई र २७ वर्षीय प्रदीप बस्नेत र चौदण्डीगढी नगरपालिका २ का २१ वर्षीय ठगिन्द्र मगर रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ गरेको तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post