मोरङ : मोरङको जहदा गाउँपालिका १ कालाबंजरामा नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजादैँ गरेको दिलवाले रक्सी १५० कार्टुन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को १ त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लैजादैँ गरेको अवस्थामा रक्सी नियन्त्रणमा लिएको हो ।
सो परिणामको रक्सीको मूल्य एक लाख ३५ हजार बराबर रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीलाई देख्नसाथ चालक गाडी छाडेर फरार रहेकाले खोजतलास भइरहेको छ ।
नियन्त्रणमा लिएको रक्सी आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा ल्याइएको प्रहरीले जनाएको छ ।












Discussion about this post