धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका ७ स्थित ८ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय लक्ष्मी खोलामा पौडी खेल्न गएका ती किशोरले सोही स्थानमा नुहाउँदै गरेकी बालिकालाई ललाइफकाई मारे कटहरे सामुदायिक वनमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत असार २८ गतेको घटना भए पनि बालिकाका आफन्तले शनिबार मात्र प्रहरी चौकी जितपुरमा उजुरी गरेका थिए ।
बालिकासँग साथमा रहेका अर्का बालकले आफन्तलाई जानकारी गराएपछि घटना बाहिरिएको थियो । आरोपित किशोरलाई पक्राउ गरी जिल्ला अदालत धनकुटाबाट म्याद लिई अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।
पक्राउ परेका किशोरमाथि जबर्जस्ती करणी कसुरमा मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post