मोरङ : मोरङको बूढीगंगा गाँउपालिका १ गोकुवा बस्ने ४६ वर्षीय शंखर ऋषिदेवलाई हरिणको सिङसहित पक्राउ गरिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो ।
अवैध हरिणको सिङ बरामद भएसँगै ऋषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post