धनकुटा : प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। सहिदभूमि गाउँपालिका ५ घरभई हाल धनकुटा ७ मा डेरा गरि बस्ने २८ वर्षका राकेश राईलाई प्रहरीले पक्राउ गरेको हो।
शंका लागेर राईको कोठामा गई खान तलासी गर्दा १७ हजार फेला पारी सोधपुछ गरिएको थियो। उनले अञ्जु बिश्वकर्माको कोठाभित्र लागूऔषध लुकाई छिपाई राखेको जानकारी गराएका थिए।
तत्कालै अञ्जुको कोठामा खान तलासी गर्दा अबैध लागूऔषध दुईकिलो गाँजा, ३ बट्टा लागूऔषध कोरेक्स, ६० चक्की नाइट्रोजेपाम, १ हजार १५० चक्की स्पास्पेन र १ हजार २१० चक्कीट्रामोल फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जीवि दाहालले बताएका छन् ।
पक्राउ परेका राईलाई जिल्ला अदालत धनकुटामा आजै पेश गरी म्याद थप गरेर आवश्यक अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।













Discussion about this post