मोरङ : मोरङको कानेपोखरी गाउँपालिका २ स्थित सडकखण्डमा बसबाट लड्दा एकजना वृद्वको मृत्यु भएको छ ।
मंगलबार (आज) बिहन ११ बजे कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ४१८८ नम्बरको बसमा सवार रहेका कानेपोखरी २ मोरङका ७३ वर्षीय बलभद्र पराजुलीको बसबाट ओर्लने क्रममा लड्दा मृत्यु भएको हो ।
लडेर घाइते भएका पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालक रतुवाईमाई नगरपालिका २ का बावुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post