धनकुटा : धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नं. ६ फेदी स्थितबाट लागूऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि गाँउपालिका ७ बस्ने २६ वर्षीय प्रदीप राई र सोही स्थानका अर्का एक बालक रहेका छन् ।
प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुठ्ठीटारबाट भेडेटारतर्फ आउँदै गरेको को ३९ प ६५६७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूको साथबाट लागूऔषध गाँजा ५ किलोग्रामसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post