मोरङ : विराटनगर महानगरपालिका १९ मिलनचोकमा शुक्रबार बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा पैदल यात्रु मोरङकै ग्रामथान गाउँपालिका २ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन्।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो। ग्रामथान गाउँपालिका २ कै ३५ वर्षीय विनोद मोडियारीले चलाएको साइकलले आज बिहान द्धलाई ठक्कर दिएको थियो ।
दुर्घटनापश्चात् साइकल यात्रु फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ।



















Discussion about this post