उदयपुर लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा चेकजाँच गर्ने क्रममा लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ६ का २७ वर्षीय संगीत तामाङ र २५ वर्षीय आमोद महतो रहेका छन् ।
उनीहरूको साथबाट डाईजेपाम ५१ एम्पुल ,फेनारागण ५१ एम्पुल बुप्रिनोर्फीन ५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागूऔषध र ७ थान सिरिन्जसहित दुवै जनालाई नियन्त्रणमा लिई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ।












Discussion about this post