मोरङ : मोरङको सुन्दरहरैँचा ११ मा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ ।
आगलागीमा जलेर एक जना मजदुरको मृत्यु भएको हो ।
आगोमा जलेर बेलबारी ११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी एवम् प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।












Discussion about this post