धनकुटा : धनकुटाको धनकुटा नगरपालिका ९ मुलघाटबाट प्रहरीले अवैध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
हिजो राती प्रहरी चौकी मुलघाटबाट गएको प्रहरी चेकिङ टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको प्रदेश १–०२–०४४ प ३४१६ नम्वरको मोटरसाईकलमा सवार रहेका साँघुरीगढी गाउँपालिका ९ धनकुटाका २० वर्षीय सनिल राईले बोकेको झोला संका लागि चेक जाँच गर्दा ५ किलोग्राम गाँजा बरामद भएको हो ।
अवैध लागूऔषध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post