मोरङ : मोरङको बेलबारी नगरपालिका १ बाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध खरिद बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तीनजनालाई पक्राउ गरेको हो ।
बेलबारी १ का सुरज गुरुङको घर कोठा खानतलासी गर्दा १ ग्राम २२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको र सोही स्थानमा शंकास्पद अवस्थामा रहेका बेलबारी ४ का ३८ वर्षीय ईन्द्र गुरुङ र ४१ वर्षीय बिनोद राईको साथबाट नाइट्राभेट ४२ चक्की र डाइलेक्स डीसी ३ बोतलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post