इटहरी : सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले चार करोड मूल्य बराबरको जग्गा नगरपालिकालाई दान गर्ने भएका छन् ।
उनले आफ्ना मातापिताको नाममा इनरुवामा रहेको देवेन्द्र चौकको १९ कट्ठा जग्गा नगरपालिकालाई दान गर्ने भएका हुन् ।
पिता श्रीप्रसाद भण्डारी र माता धर्मशिला–कृष्णमाया भण्डारीको सम्मानमा जग्गा दान गर्ने उनले बताए ।
नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति समेत रहेका भण्डारीले केही समयमै सम्पूर्ण प्रक्रिया पुर्याएर एक कार्यक्रमको आयोजना गरी जग्गा दिने बताए ।
जिल्ला आयुर्वेदिक अस्पताल, आँखा अस्पताल, वृद्धाश्रम स्थापना गर्न पुग्ने गरी जग्गा उपलब्ध गराउन लागेको उनले जानकारी दिए ।














Discussion about this post