इटहरी : इटहरीमा आगलागी भएको छ ।
इटहरी ५ पचरुखीस्थित पाथीभरा ट्रेडर्स एण्ड सप्लायर्स र जय पाथीभरा काष्ठ उद्योगमा बिहीबार दिउँसो आगलागी भएको हो ।
पाथीभरा ट्रेडर्समा सामान मर्मत सम्भारको कार्य हुँदै गर्दा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ ।
सञ्चालक रिसभ कार्कीका अनुसार आगलागीमा करीब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यस्तै, जय पाथीभरा काष्ठ उद्योगमा पनि आगलागीबाट पाँच लाख बढीको क्षति भएको सञ्चालक हरि भट्टराईले बताए ।
इटहरी उपमहानगरपालिकाको दुई वटा र दुहबीको एउटा बारुणयन्त्रले आगो नियन्त्रणमा लिइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post