इटहरी : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहले झापा, मोरङ र सुनसरीका तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
फरार प्रतिवादी खोजतलासको क्रममा प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा शिवसताक्षी गाउँपालिका ८ झापाका ३७ वर्षीय दिप्सन लावती, सुन्दरहरैँचा नगरपालिका ७ मोरङका २५ वर्षीय सुरज परियार र धरान उपमहानगरपालिका ४ सुनसरीका ४९ वर्षीय महेन्द्रबहादुर थापालाई पक्राउ गरेको हो ।
दिप्सन लावतीलाई सर्वाेच्च अदालतको मिति २०६५।११।२३ गतेको फैसलाले पुनराबेदन अदालतबाट भएको फैसला सदर भइ जन्मकैद ठहरेको थियो ।
कर्तब्य ज्यान मुद्धामा फरार रहेका उनलाई अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस्तै, परियार लागूऔषध मुद्धामा जिल्ला अदालत सुनसरीको मिति २०७५।११।२६ गतेको सजाय निर्धारण फैसला आदेशले २५ दिन कैद, २ हजार रुपैयाँ जरिवाना र थापा सवारी ज्यान मुद्धामा जिल्ला अदालत मोरङको मिति २०७७।११।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना बेरुजु रहि फरार रहेका थिए ।
पक्राउ परेका तीनै जनालाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post