मोरङ : मोरङको रङ्गेली नगरपालिका ७ बाट चार लाख बराबरको अबैध समान बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले सीमा क्षेत्रबाट अबैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको करीब ४ लाख बराबरको तयारी कपडा बरामद गरेको हो ।
बरामद भएको कपडा आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।












Discussion about this post