इटहरी : बाइक कम्पनी बजाजले पल्सर एनएस १२५ लन्चको अवसरमा इटहरीमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।
इटहरीस्थित अटो सिटिले पत्रकार सम्मेलन गरी बाइक लन्चको अवसरमा चर्चित गायक प्रमोद खरेल, गायिका टीका प्रसाईँ र हाँस्यकलाकार सुमन कार्कीको उपस्थितिमा साङ्गीतिक कार्यक्रम गर्ने जानकारी दिएको हो ।
अटो सिटिका सञ्चालक जयन्त सन्थलीयाले बुधबार (आज) अटो सिटिको सोरुम अगाडि कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
साँझ ५ बजेदेखि ८ बजेसम्म पल्सर एनएस १२५ को विशेष लन्चसँगै साङ्गीतिक कार्यक्रम हुन लागेको उनको भनाई छ ।
सन्थलीयाले बजाज बाइकको खरिदमा दसैँ तिहारको लागि आधा–आधा अफरको बारेमा जानकारी समेत दिए ।
दसैँ तिहारको अवसरमा बजाज कम्पनीका बाइक खरिद गर्दा ७ हजार छुट र २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्स सुविधा रहेको उनले बताए ।














Discussion about this post