धरान : धरानमा एक वृद्वाको हत्या भएको छ ।
धरान वडा नं २० मा एक्लै बस्दै आएकी ६४ वर्षीया पूर्णिमा राईको हत्या भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । राईले लगाएका गहना लुटपाट भएपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
राईलाई आफन्तले तरकारी पुर्याउन जाँदा राईलाई मृत अवस्थामा देखेको बताइएको छ । मृतक वृद्धाका छोरा–बुहारी भने धरानको बजार क्षेत्रमा बस्दै आएका छन् ।
गर्धनमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । मृतक वृद्वाको शव अहिले पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
प्रहरीले घटनामा संलग्नहरूको खोजी गरिरहेको जनाएको छ ।













Discussion about this post