इटहरी : आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि गठबन्धन दलहरूले सुनसरीका विभिन्न निर्वाचन क्षेत्रको सिट बाँडफाँड गरेका छन् ।
जसअनुसार सुनसरीको ४ वटा क्षेत्रमध्ये तीनवटा क्षेत्रमा नेपाली कांग्रेसले सिट लिने भएको छ भने एउटामा जसपाले सिट लिनेछ । क्षेत्र नं. १ मा जसपा, २, ३ र ४ नेपाली कांग्रेसले लिने सहमति भएको हो ।
यस्तै, मोरङको १, २, ३ र ६ कांग्रेसले सिट लिने भएको छ । बाँकी क्षेत्र टुंगिन बाँकी छ ।
यस्तै, झापाको १, ३ र ४ कांग्रेसले लिनेछ भने ५ माओवादीले लिने भएको छ ।
यस्तै, पाँचथरमा कांग्रेस, इलाम १ मा एकीकृत समाजवादी र २ कांग्रेसको भागमा परेको छ । संखुवासभा र तेह्रथुम कांग्रेसले, भोजपुर माओवादी केन्द्रले, ओखलढुंगा कांग्रेसले, उदयपुर १ कांग्रेस र २ मा माओवादीले लिने सहमति भएको हो ।












Discussion about this post