इटहरी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको महिला भलिबल तर्फको खेलमा आइतबार सेमिफाइनल र फाइनल खेल हुने भएको छ ।
सेमिफाइनलमा उदयपुर र खोटाङ्गको प्रतिस्पर्धा हुने भएको छ भने ओखलढुंगां र भोजपुर पनि फाइनलमा पुग्नको लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
शनिबार भएको क्वाटर फाइनल खेलमा भोजपुरले इलामलाई सोझो तीन सेटमा पराजित गर्यो । बाँकी तीन खेलमा बेष्ट अफ ५ सम्म भएका थिए ।
आइतबार हुने सेमिफाइनलको संस्करण झापाको आदीबासी रंगशालामा र तेस्रो पोजिसनको लागि प्रतिस्पर्धा दमकको भलिबल खेलमैदानमा हुने आयोजकले जनाएको छ ।














Discussion about this post