इटहरी : अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भइ फरार रहेका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोजतलास गर्ने क्रममा दुई जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चोरी मुद्दामा जिल्ला अदालत मोरङको २०७८।१२।१० गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना २ दिन कैद पाँच हजार रुपैयाँ जरिवाना तोकिएका विराटनगर महानगरपालिका १५ का ३१ वर्षीय रमेश भन्ने ओमप्रकाश साह र लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०१।१४ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना २३ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएका धरान उपमहानगरपालिका १६ का ३४ वर्षीय किरण धिमाल रहेका छन् ।
उनीहरूलाई आइतबार (आज) पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराएर तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ ।














Discussion about this post