Sunday, August 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटा माओवादी विवाद : सिंगो पार्टीले राजीनामा दिएको छैन, अनावश्यक प्रचार भयो : श्रेष्ठ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०७९
in समाचार
0
धनकुटा माओवादी विवाद : सिंगो पार्टीले राजीनामा दिएको छैन, अनावश्यक प्रचार भयो : श्रेष्ठ
133
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : आगामी निर्वाचनमा धनकुटा आफ्नो भागमा नपर्ने आकलन गर्दै धनकुटाका माओवादी नेताहरुले दिएको राजीनामाले तरङ्ग पैदा गरेको छ ।

धनकुटाका माओवादी नेता तथा पोलिटब्यूरो सदस्य हेमराज भण्डारीको नेतृत्वमा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित समन्वय समितिमा रहेका सबैले आफ्नो पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको निवर्तमान जिल्ला संयोजक डिल्लीराम राई (कमल) ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि, उक्त विज्ञप्तिमा भनेजस्तो धनकुटामा माओवादी पार्टीको सिङ्गो समितिले राजीनामा नदिएको धनकुटाकी नेत्री तथा निवर्तमान प्रदेश सांसद कुसुम श्रेष्ठले बताइन् । ‘धनकुटामा माओवादी रित्तिएको छैन,’ श्रेष्ठले भनिन्, ‘राजीनामा भनिए पनि कति जनाको हो भन्ने खुलेको छैन, प्रदेश समिति वा जिल्ला समितिमा कसैले पनि राजीनामा बुझाउनु भएको छैन ।’

श्रेष्ठले कोही व्यक्तिलाई केन्द्रित गरेर पार्टीको केन्द्रीय समिति तथा प्रदेश समितिको निर्णय र निर्देशन विपरीत जान नसकिने बताइन् ।

‘पोलिटब्युरो सदस्य हेमराज भण्डारी कमरेडले जिल्ला समितिको बैठकमा राजीनामा दिने प्रस्ताव गर्नुभएको थियो,’ उनले भनिन्, ‘त्यहाँ राजीनामा दिने र नदिने विषयमा विवाद भएको थियो, उहाँसहित प्रदेशका सहसचिव ऋषिराम ढुंगानालगायतले राजीनामा दिएको भन्दै गरेको पत्रकार सम्मेलनमा देखियो, तर संख्यामा यति जना भनेजस्तो सबैले राजीनामा बुझाउनु भएको छैन ।’

नेता भण्डारीले संघमा टिकट नपाएको खण्डमा प्रदेशमा पनि नलिने भनेर आफू केन्द्रित राजनीति गर्न खोजेको धनकुटाका एक माओवादी नेताले बताए ।

‘उहाँले संघमा पाउनु भएन भन्दैमा पार्टीलाई रित्तै बनाउने कदम उहाँको आत्मघाती हो,’ नाम नबताउने शर्तमा ती माओवादी नेताले भने, ‘उहाँसँग सति जान सकिँदैन, पार्टी व्यक्ति केन्द्रित होइन, संस्थागत र विधि, पद्धतिले चल्नुपर्छ ।’

नेता भण्डारीले जिल्ला समितिको बैठकमा आफूले अध्यक्ष प्रचण्डलाई राजीनामा बुझाएको जानकारी दिएका थिए । यद्यपि प्रदेशका सहसचिव ढुंगानाले व्यक्तिगत ढंगले राजीनामा दिएको रेकर्ड नभएको प्रदेश समितिले जनाएको छ ।

‘प्रदेश सहसचिव ढुंगाना तथा अरु प्रदेश सदस्य, जिल्ला पदाधिकारी र जिल्ला सदस्यहरुले आधिकारिक रुपमा प्रदेशमा राजीनामा दिनुभएको छैन,’ प्रदेश सचिव गणेश उप्रेतीले भने, ‘सामूहिक राजीनामाको सार्वजनिक घोषणा गरे पनि राजीनामा दिएको भनेर प्रदेश समितिले बुझ्न मिल्दैन ।’

यद्यपि यो समस्या केन्द्रबाटै समाधान हुने खालको विषय भएकाले केन्द्रले नै पहल गर्नुपर्नेमा उप्रेतीले जोड दिए ।

Tags: #धनकुटाकुसुम श्रेष्ठमाओवादी केन्द्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत
समाचार

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

by रासस
भदौ १३, २०८३
0

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट योगदान गर्ने भएका...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
विविध

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

by रासस
भदौ १३, २०८३
0

खोटाङ : केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३
खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३
खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.