मोरङ : इलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ ।
मङ्गलबार एक कार्यक्रमबीच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र नागरिक सुरक्षित हुने बताए ।
प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको उनको भनाई छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कांशीराज दाहालले सुरक्षाका लागि प्रदेश सरकारले महत्वपूर्ण काम गरेको बताए ।
प्रदेश सरकार आएपछि प्रहरीको सुरक्षाका साथै भवनको निर्माण तथा व्यवस्थापन अनुभूति हुने गरि काम भएको उनको भनाई छ ।
यता, १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदीप गिरीले २४ सै घण्टा ड्युटीमा रहनुपर्ने प्रहरी कर्मचारीहरूलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताए ।
प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैयाँ २५ पैसाको लागतमा साढे २ तले कार्यालय भवनको निर्माण भएको हो ।














Discussion about this post