इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर तथा नेकपा एमाले सुनसरीका पूर्व अध्यक्ष द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् ।
यसअघि २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका चौधरी माओबादी केन्द्र प्रवेश गर्न लागेका हुन् ।
गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. २ (क) मा माओबादीको भागमा प्रदेशसभाको टिकट पाउने सर्त भएसँगै उनी प्रवेश गर्न लागेको बताइएको छ ।
इटहरीको मेयर रहँदा पटकपटक विवादमा आएका उनी इटहरीकै पूर्व उपमेयर लक्ष्मी गौतम र जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी विरुद्ध उनले खुलेरै आलोचना गर्दै आएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग केही समयअघि भेटघाट गरेपछि उनी माओबादी प्रवेश गर्न लागेका हुन् । यता चौधरीले भने एमाले आफूलाई आत्मसम्मान नभएकाले माओबादी केन्द्र प्रवेश गर्न लागेको जानकारी दिए ।
उनले आफू काठमाडौँ जान लागेको बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर पार्टी प्रवेश गर्ने बताएका छन् ।
उनलाई पार्टी प्रवेश गराएर सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रदेश सभा सदस्यका लागि टिकट दिने माओवादीको तयारी छ ।














Discussion about this post