इटहरी : निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सीमा निर्धारण गरेको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम आयोगले उम्मेदवार र दलले गर्न पाउने अधिकतम् खर्चको सीमा तोकेको हो ।
निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी खर्चको हद तोकिएको आयोगले जनाएको छ ।
देशका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये पाँच क्षेत्रमा निर्वाचन खर्चको सीमा २५ लाख रुपैयाँ निर्धारण गरिएको छ । १७ क्षेत्रमा २७ लाख, ६५ क्षेत्रमा २९ लाख रुपैयाँसम्मको हद छ ।
५२ निर्वाचन क्षेत्रमा ३१ लाख, २६ क्षेत्रमा ३३ लाख रुपैयाँ तोकिएको छ । यसअघि सबै क्षेत्रका उम्मेदवार वा दललाई खर्चको अधिकतम् सीमा २५ लाख रुपैयाँ तोकिएको थियो ।
समानुपातिकतर्फका उम्मेदवारले गर्ने खर्चको सीमा भने दुई लाख रुपैयाँ तोकिएको छ ।














Discussion about this post