इटहरी : गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो ।
जसमा भनिएको छ, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिलाई प्रतिनिधिसभा प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार नबनाउने ।’
विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ ।
उम्मेदवार छनोटका लागि कार्यसम्पादन समितिको अर्को बैठक २० असोजमा बोलाइएको छ ।














Discussion about this post