इटहरी : आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सुनसरी जिल्लाको क्षेत्र नम्बर १ र २ का उम्मेदवारले अधिकतम ३१ लाख रुपैँया सम्म खर्च गर्न पाउने खर्च सीमा तोकेको छ ।
निर्वाचन खर्चमा मितव्ययिता अपनाउन निर्वाचन आयोगले सुगम र दुर्गम जिल्लाको निर्वाचन क्षेत्रहरूको मूल्याकंन गर्दै अधिकतम खर्च गर्न पाउने सीमा तोकेको हो ।
आयोगले एक सूचना जारी गर्दै सुनसरीको क्षेत्र नम्बर ३ र ४ का लागि भने एक उम्मेदवार बराबर बढीमा २९ लाख मात्र खर्च गर्न भन्दै सीमा तोकेको छ ।
सुनसरी क्षेत्र नं. १ मा १ लाख ४१ हजार ८७८ मतदाता छन् भने सुनसरी क्षेत्र नं. २ मा १ लाख ४९ हजार ५६६ मतदाता रहेका छन् । दुवै क्षेत्रमा क्रमश १५२ र १५९ मतदान केन्द्र रहेका छन् ।
१ लाख २५ हजार ४३२ मतदाता रहेको सुनसरी क्षेत्र नं. ३ मा १ सय ३९ वटा मतदान केन्द्र रहेका छन् भने १ लाख २८ हजार ६५ मतदाता रहेको सुनसरी क्षेत्र नं. ४ मा १४१ वटा मतदान केन्द्र रहेका छन् ।
आयोगले मतदाता संख्या, केन्द्र र भूगोलको अध्ययन गर्दै उम्मेदवारले गर्न सक्ने खर्चको हद तोकेको हो ।














Discussion about this post