इटहरी : धरान–धनकुटा सडक खण्डको भेडेटार नजिक गुडिरहेको बसमा आगलागी भएको छ ।
शुक्रबार अपराह्न काठमाडौंबाट धनकुटातर्फ जाँदै गरेको ना ६ ख ७६९० नम्बरको मितेरी बसमा गुडिरहेको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ ।
धरान उपनगरपालिका ४ देवीस्थानमा घटना भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक रामप्रसाद शर्माले जानकारी दिए । बसमा अकस्मात आगलागी सुरु भएपछि यात्रुहरु भागाभाग भएको जनाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले धरानबाट आएको दमकलको सहायतामा आगो निभाएका थिए । बसमा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीको भनाइ छ ।
बस पूर्णरुपमा क्षति पुगेको छ भने मानवीय क्षति भने भएको छैन । बसमा ३५ यात्रु सवार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post