मोरङ : मोरङमा नेकपा एमालेले उमेदवार टुंगो लगाएको छ ।
आगामी ४ मंसिरमा गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एमालेले मोरङमा उमेदवार टुंगो लगाएको हो।
मोरङ क्षेत्रनम्बर १ मा घनश्याम खतिवडा, प्रदेश (क) मा उमाकान्त गौतम र (ख) मा खड्ग बस्नेत छन् ।
यस्तै, क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ ऋषिकेश पोखरेलले टिकट पाएका छन् भने प्रदेश (क) मा डिबी कार्की र प्रदेश (ख) मा लीलाबल्लभ अधिकारीले टिकट पाएका छन् ।
क्षेत्र नम्बर ३ बाट भानुभक्त ढकालले टिकट पाएका छन् । प्रदेश (क) मा किशोर राई र (ख) मा ज्ञानेन्द्र सुवेदीले टिकट पाएका छन् । क्षेत्र नम्बर ४ बाट विनोद ढकालले टिकट पाएका छन् । प्रदेश तर्फ (क) मा जयप्रकाश चौधरीले टिकट पाएका छन् ।
मोरङ क्षेत्रनम्बर ५ को (क) मा एमालेका सन्तोष साहले टिकट पाएका छन् ।
मोरङ ६ बाट लालबाबु पण्डितले टिकट पाएका छन् । प्रदेश तर्फ (क) बाट रिता न्यौपानेले टिकट पाएकी छन् । जसपासँग गठबन्धन गरेको एमालेले मोरङको क्षेत्र नम्बर ५ जसपालाई छाडेको छ ।
यस्तै क्षेत्र नम्बर ५ को प्रदेश तर्फको (ख) निर्वाचन क्षेत्र ४ को प्रदेश तर्फको (ख) निर्वाचन क्षेत्र र क्षेत्र नम्बर ६ को प्रदेश तर्फको (ख) निर्वाचन क्षेत्र जसपालाई छाडेको छ ।














Discussion about this post