उदयपुर : जिल्ला प्रहरी कार्यालय उदयपुरले सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका एक युवकलाई पक्राउ परेको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार (थारु) लाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
गत आइतबार करणी गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डीएसपी राकेशकुमार पोदारले जानकारी दिए ।
थारुलाई इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।














Discussion about this post