इटहरी : इटहरी उपमहानगरपालिकाले तिहारमा खेलिने देउसेभैलो टोलीलाई बढीमा पाँच सय रुपैयाँ भन्दा बढी दक्षिणा नदिन आग्रह गरेको छ ।
उपमहानगरले बढीमा पाँच सय भन्दा बढी दक्षिणा नदिन भन्दै नगरबासीहरूलाई आग्रह गरेको हो ।
तिहारको बेलामा खेलिने देउसी भैलोमा आफ्नो क्षमता र योग्यताले आफू खुशी दक्षिणा दिने चलन भएपनि देउसी पछिल्लो समयमा विकृति बढाएको भन्दै पाँच सय भन्दा बढी दक्षिणा नदिन इटहरी उपमहानगरपालिकाको १२४ औँ कार्यपालिकाले निर्णय गरेको छ ।
इटहरीका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले भने रातको साढे १० बजेसम्म मात्र देउसी भैलो खेल्न र पाँच सय भन्दा बढी दक्षिणा नदिन नगरबासीलाई आग्रह गरेको जानकारी दिए ।














Discussion about this post