मोरङ : मोरङको पथरी-मंगलबारे सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाने क्रममा को ३७ प ३२५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा झापाको अनारमुनी ४ बस्ने वर्ष ४५ का हरिकुमार बस्नेतको मृत्यु भएको हो ।
दुर्घटनमा परेर टाउको तथा पेटमा चोट लाग्दा गम्भीर घाइते भएका उनको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post