इटहरी : इटहरीको मुख्य चोकमा आगलागी भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार विराटनगर लाइनमा आइतबार राति आगलागी भएको हो ।
क्लासिक टेक इन्टरनेटको कार्यालय रहेको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा राति नै आगलागी नियन्त्रणमा आएको थियो ।
आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post