इटहरी : सुनसरीको छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीले लागूऔषध र मदिरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट इन्स्पेक्टर जसबहादुर राईको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले कोसी गाउँपालिका वडा नम्बर १ स्थित दसगजा क्षेत्रबाट १३८ बोतल प्रतिबन्धित लागूऔषध बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ बोरा ल्याउदै गरेको लागूऔषध सशस्त्र प्रहरीलाई देखेपछि भागेका थिए ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भुटाहाबाट इन्स्पेक्टर भुपेन्द्रकाजी निरौलाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ स्थित रहेको फुलचोकबाट भारतीय बजारबाट लुकाएर ल्याइएको प्रतिबन्धित लागूऔषध बरामद गरेको छ ।
को ३४ प ४१४७ नम्बरको अपाचे मोटरसाइकलमा ल्याउदै गरेको १२० पत्ता अर्थात २६८० वटा स्पास्मो प्रोक्सिभिन नामक लागूऔषध सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसैगरी सुनसरीको देवानगञ्ज गाउँपालीका ५ स्थित साहटोल क्षेत्रबाट अवैध रूपमा नेपालबाट भारततर्फ बीआर ३८ एन ९६७५ नम्बरको भारतीय मोटरसाइकलमा लैजादै गरेको ३ कार्टुन मदिरा पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त मदिरा सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।












Discussion about this post