इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।
बिहीबार (आज) ११ः३७ बजेको साइतमा पौडेलले दिदीबहिनीको हातबाट टीका लगाएका हुन् ।
दिदी अम्बिका पौडेल र बहिनी उर्मिला पौडेलको हातबाट उनले टीका लगाएका हुन् । टीका ग्रहण गरेपछि मेयर पौडेलले विभिन्न चाडपर्वले आपसमा भाइचारा र सद्भाव हुने बताए ।
आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।














Discussion about this post