धनकुटा : धनकुटाको मुलघाटस्थित तमोर पुलबाट खसेर एक वृद्वको मृत्यु भएको छ ।
पुलमा हिड्ने क्रममा नदिको बगरमा खस्दा वृद्वको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय छत्रमुखी साम्पाङ रहेका छन् ।
आइतबार (आज) बिहान करीब १०ः४५ बजे पुलमा हिँडिरहेका बेला अचानक पुलबाट बगरमा खसेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post