इटहरी : मोरङमा छठ पूजामा गएका एक बालकको छुरा प्रहार गरी हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारीस्थित मावा खोलामा आयोजित छठ पर्वमा छुरा प्रहारबाट झापाको दमक १० बस्ने १४ वर्षीय दिउस श्रेष्ठको हत्या भएको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो ।
गोदाबरी हस्पिटलमा उपचार हुन नसकेपछि बिर्तामोडस्थित बीएण्ड सी अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गर्नेहरूको पहिचान हुन सकेको छैन । घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मृकतका बुबा धनबहादुर श्रेष्ठका अनुसार प्रहरीमा जानकारी गराएर हस्पिटलबाट शव उर्लाबारी ल्याउने तयारी भइरहेको छ ।













Discussion about this post