धरान : धरानमा लागूऔषधसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका ११ स्थितबाट प्रहरीले लागूऔषधसहित एक पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय बिरु भुजेल रहेका छन् ।
विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भुजेलको साथबाट स्पासपेन १,७१६ ट्याबलेट, ट्रामोल २,७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागूऔषध तथा नियन्त्रित औषधि र नगद १ लाख ६ हजार रुपैयाँ बरमद गरेको छ ।
पक्राउ परेका भुजेलको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post