Tuesday, June 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

शेरधन राईप्रति द्वारिकलालको कटाक्ष : ‘विवाह अगाडि एकजना महिला पन्छाउँदै ठिक्क, विवाहपछि हेलिकोप्टरमा उडाउँदै ठिक्क’ (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १५, २०७९
in समाचार
0
शेरधन राईप्रति द्वारिकलालको कटाक्ष : ‘विवाह अगाडि एकजना महिला पन्छाउँदै ठिक्क, विवाहपछि हेलिकोप्टरमा उडाउँदै ठिक्क’ (भिडियोसहित)

कार्यक्रममा सम्बोधन गर्दै चौधरी ।

328
SHARES
Share on FacebookShare on Twitter

इटहरी : लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका द्वारिकलाल चौधरीले प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईप्रति कटाक्ष गरेका छन् ।

मंगलबार इटहरी २० तरहरामा आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको भेलामा सम्बोधन गर्दै चौधरीले राईप्रति कटाक्ष गरेका हुन् ।

प्रदेश १ सरकारको मुख्यमन्त्री हुँदा नामकरण समेत गर्न नसकेको आरोप लगाउँदै चौधरीले अब लोकतान्त्रिक–बाम गठबन्धनले बहुमत ल्याएर प्रदेश सरकार निर्माण गरी नामकरण गर्ने बताए ।

‘हामीले देख्यौँ तीनै गफ गर्ने केपी ओलीका अनुयायी शेरधन राई । वहाँले चारवर्षसम्म मुख्यमन्त्रीको हैसियतमा काम गर्नुभो, तर वहाँले प्रदेशको नामकरण पनि गर्न सक्नुभएन,’ चौधरीले सम्बोधनका क्रममा भने, ‘उहाँलाई विवाह अगाडि एकजना महिला पन्छाउँदै ठिक्क भयो, विवाह भइसकेपछि मेडमलाई हेलिकोप्टरमा उडाउँदै ठिक्क भयो । के को प्रदेशको नामकरण हुन्छ, के को विकास हुन्छ ।’

उनले एमाले नेतृत्वको सरकार रहँदा विकास निर्माणका योजना अलपत्र परेको बताए । अलपत्र परेका विकासका योजना र नामकरण साझा सहमतिमा टुंगो लगाउने बताउँदै उनले प्रदेश १ लाई मुलुकको उत्कृष्ट प्रदेशका रूपमा निर्माण गर्ने तर्क गरे ।

समृद्व प्रदेश निर्माणका लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन उनको अपिल थियो ।

मुलुकको रक्षाका लागि बनेको लोकतान्त्रिक–बाम गठबन्धनका विरुद्व नेकपा एमालेका अध्यक्ष केपी ओलीले जसपा र राप्रपासहितको गठबन्धन गर्नुको औचित्य नरहेको समेत उनले बताए ।

चौधरीले ओलीप्रति लक्षित गर्दै भने, ‘ओलीजी एक डुब्न लागेका मनुवा हुन्, जब कोही तलाउमा डुब्न लाग्छन्, उसलाई त्यान्द्रोको पनि सहारा चाहिन्छ, ओलीजी त्यान्द्रो समातेर हामीसँग प्रतिष्पर्धामा आउँछन् ।’

मंसिर ४ पछिको निर्वाचनमा नेकपा एमाले तलाउमा डुब्ने उनको अभिव्यक्ति थियो । ‘नेकपा एमालेलाई अब कुनै शक्तिले बचाउन सक्दैन,’ उनले भने, ‘हाम्रो विजयी अभियानलाई कुनै तागतले रोक्न सक्दैन ।’

इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर समेत रहेका चौधरी नेकपा एमाले परित्याग गरी अघिल्लो महिना माओबादी केन्द्र प्रवेश गरेका हुन् । उनी माओबादी प्रवेश गरेसँगै सत्ता गठबन्धनको तर्फबाट सुनसरी २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् ।

यस्तै, सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सीताराम मेहता चुनावी प्रतिष्पर्धामा छन् ।

उता, नेकपा एमालेबाट भने प्रतिनिधिसभा सदस्यमा भीम आचार्य प्रतिष्पर्धामा छन् भने प्रदेशसभामा रेवती भण्डारी चुनावी प्रतिष्पर्धामा होमिएका छन् ।

भिडियो

Tags: द्धारिकलाल चौधरीद्वारिकलाल चौधरीराजनीति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइहरूले अदालत तथा प्रशासन कार्यालयका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत विभिन्न...

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’
विविध

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा पर्यटकको सुरक्षा, संरक्षण र सहजीकरणलाई प्रभावकारी बनाउन सातदिने ‘पर्यटक प्रहरी अनुशिक्षण’ तालिम सुरु गरिएको छ। प्रदेश...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३
गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

असार २, २०८३
झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३
कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.