धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको डेपुटी अस्पताल निर्देशकमा दुईजना चिकित्सक नियुक्त भएका छन् ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले डेपुटी अस्पताल निर्देशकमा एसोसिएट प्रोफेसर डा. लोकेश शेखर जयसवाल र एसिस्टेन्ट प्रोफेसर डा. इन्द्र लिम्बूलाई नियुक्त गरेका हुन् ।
डा.जयसवाल प्रतिष्ठानको सि.टि.भि.एस.विभागमा कार्यरत छन् । यस्तै, डा.लिम्बू प्रोस्थोडोन्टिक्स विभागमा कार्यरत छन् ।
दुवै जनालाई उपकुलपति डा.गिरीले बुधबारदेखि लागू हुनेगरी जिम्मेवारी दिएका हुन् ।














Discussion about this post