इटहरी : सुनसरीमा एक सय ७५ केजी गाँजासहित दुईजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं. ४ का ३१ वर्षीय मनिष दर्नाल र सोही ठाउँका ३१ वर्षीय योगेन्द्र बजगाईँ रहेका छन् ।
उनीहरूलाई गएराति १ः५५ बजेको समयमा बराहक्षेत्र नगरपालिका ११ मधुवनस्थित भित्री सडकखण्डमा प्रहरी चौकी मधुवानबाट खटिएको प्रहरी टोलीले बा ११ च ३०४२ नम्बरको बोलेरो गाडीमा गाँजासहित पक्राउ गरिएको हो ।
गाडीमा लुकाईछिपाई राखिएको ७ वटा प्लाष्टिकको बोरामा तौल गर्दा एक सय ७५ केजी गाँजा र नगद एक लाख एक हजार चार सय पच्चीस रुपैयाँ र एक थान मोबाइल बरामद गरिएको एसपी ढकालले जानकारी दिए ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post