इटहरी : इटहरीमा एक पुरुष मृत फेला परेका छन् ।
इटहरीसहित सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा एकैदिन तीन जना मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको इटहरी ९ मा इटहरी ८ बस्ने ४५ वर्षीय कपिल हरिजन मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, धरान उपमहानगरपालिका १८ सुन्दर बजारमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन् ।
उता, मोरङको मिक्लाजुङ्ग गाउँपालिका १ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका ४३ वर्षीय मोतिबहादुर राई मृत अवस्थामा फेला परेका छन् ।
तीनै जना सोमबार मृत फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । तीनवटै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















Discussion about this post