मोरङ : मोरङको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनील शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार रेखा थापालाई भोट काट्नका लागि उठाएको दाबी गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा रहेका डा. शर्माले राप्रपाले भोट काट्नका लागि मात्र थापालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको दाबी गरे ।
२०७४ को निर्वाचन जितेर गएका एमाले उम्मेदवार भानुभक्त ढकालले सांसद हुँदै मन्त्रीसम्म बन्दासमेत आफ्नो क्षेत्रका जनताको हितमा कुनैपनि काम नगरी भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ ।
आँफूले भने सोही निर्वाचनमा पराजित भएपनि जनताको सेवा जारी राखेकाले मतदाताले काम गर्ने व्यक्तिलाई नेतृत्वमा पुर्याउनुपर्ने उल्लेख गरे । ने
भौतिक विकासको अपेक्षा सबै जनतामा समान प्रकृतिको भएको बताउँदै डा.शर्माले भौतिक पूर्वाधारको विकासमा इमानदारीपूर्वक राज्यकोषको बजेट आफूले परिचालन गर्ने हुँदा त्यो अपेक्षा पूरा गर्न मतदाताले आफूलाई नेतृत्व दिनुपर्ने बताए ।












Discussion about this post