मोरङ : मोरङमा चिर्पट प्रहार गरी २३ वर्षीय युवकको हत्या गरिएको छ ।
जिल्लाको बूढीगंगा गाउँपालिका ७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका ५ बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते करणको गोल्डेन अस्पताल विराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो ।
कात्तिक १८ गते साँझ उनीहरूबीच आपसी वादविवादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post