इटहरी : ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन भएको तीनदिन सम्ममा निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
निर्वाचनको तयारीबारे जानकारी दिन बिहीबार (आज) आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना भएको बताए ।
‘सबै मतपेटिकाहरू सङ्कलन भएको लगत्तैदेखि मतगणना प्रारम्भ हुनेछ,’ उनले भने,‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ।’
मंसिर २२ गतेभित्र निर्वाचनको सम्पूर्ण नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाइने तयारी भएको उनले बताए ।
निर्वाचनमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता रहेका छन्














Discussion about this post