मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका १० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई ८२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार छ सय दुई रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत साउन १७ गतेदेखि फरार रहेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले सर्वसाधारणलाई रकम जम्मा गर्न लगाउने र पासबुक बनाएर दिने गरेको पाइएको यसबाट ६५ जनालाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post