पाँचथर : पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धनका उम्मेदवार बनेका माओबादी केन्द्रका इन्द्रबहादुर आङ्बो (मौसम) निर्वाचित भएका छन् ।
नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै आङ्बो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री मन्त्री समेत रहेका आङ्बोलाई १५ हजार ६ सय ७२ मत प्राप्त भएको छ ।
उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाए ।
उनी यस पटक माओवादी केन्द्र, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रका तर्फबाट साझा उम्मेदवार थिए ।














Discussion about this post